
नुवाकोटमा १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पन्चकन्या गाउँपालिका वडा नंवर ४ थप्रेककी ८१ बर्षिया महिला शसस्त्र प्रहरी बल बलम्वुको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दमको रोगी सान्नानी अधिकारीलाई उच्च ज्वरो र रुघाखोकी लागेपछी उपचारका लागी बिपी अस्पताल बसुन्धारा लगिएको थियो । बिपी अस्पतालका स्वास्थ्यकर्मीले स्वाब निकालेर पिसिआर परिक्षण गर्दा नतिजा पोजिटिभ आएपछी थप उपचारका लागी सतुङ्गलस्थित शसस्त्र प्रहरीको अस्पताल लागिएकोमा गए २६ गते राती मृत्यु भएको मृतकका आफन्त जानकारी दिए ।
मृतकको शव नेपाली सेना र आफन्तले आर्यघाट ल्याएर बिधुतिय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । मृतक महिला थप्रेक गाउँ पन्चायत उपाध्यक्ष स्वर्गिय भैरवावहादुर अधिकारीको धर्मपत्नी तथा उदयजालपा माबिका शिक्षक हरिकृष्ण अधिकारीका आमा हुनुहुन्छ ।