
नुवाकोट तारकेश्वर गाउँपालिकामा नेकपा बाट निर्वाचित गाउँपालिका प्रमुख र वडाअध्यक्षको मिलेमतोमा भुकम्पिय आवास पुन निर्माणको रकम किर्ते गरि राहत रकम वडा अध्यक्ष चुडामणी गजुरेलले झ्वाम पारेका छन् ।
एकाघर बस्ने आफ्नि आमाको नाममा राहत रकम पनि स्वयम् वडा अध्यक्ष चुडामणि प्रसाद गजुरेलले भुक्तानी लिई पुन आफ्नो नाम पनि लाभग्राहिमा सुचिमा हालेका थिए । आफ्नो वडा भित्र चरम विवाद हुँदाहुँदै पनि राजनीतिक र पदिय पहुँचको आधारमा नाम आफ्नो नाम समावेश गर्न सफल भएको र हाल आएर आफुले घरनै नबनाइ अन्य लाभग्राहि मन्सुरि तमाङले निर्माण गरि अनुदान लिईसकेको घरलाई आफ्नो घर देखाएर राष्ट्रिय पुन निर्माण प्राधिकरण भुकम्पिय आवास अनुदान भुक्तान लिएको पाईएको छ ।

निज वडा अध्यक्ष गजुरेलको घर अन्यत्र बुधसिङ घाटमा पनि भएको तथा उक्त घरको आधारमा गल्छि त्रिशूली सडक आयोजनाबाट समेत मुअब्जा लिई राजनितिक आड र पदिय दुरुपयोग गर्दै विभिन्न आर्थिक अनियमिततामा गरि लाभ प्राप्त गरिरहेको पाईएको छ ।
वडा अध्यक्षको यस्तो हर्कतको विरोधमा स्थानिय जनताले जिल्ला प्रसासन कार्यलय,नुवाकोट र भुकम्पिय आवास पुन निर्माण प्राधिकरमा समेत उजुरि गरि सकेका छन । उजुरीमा नक्कली घर देखाई किर्ते र राज्यलाई जिम्मेवार पदाधिकारीवाट ठगि भएकोले हदै सम्म कारवाहि गर्नुपर्ने दावी गरियको नाम उल्लेख नगर्ने शर्तमा तारकेश्वर वासीको माग रहेको वताईयको छ ।