राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकतापछि नुवाकोटमा जिल्ला समितिको समायोजन सम्पन्न भएको छ । कुल वहादुर खड्गीको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो । पार्टीका कार्यसम्पादन समिती सदस्य झनक प्याकुरेलको प्रमुख आतिथ्यतामा बिदुरमा आयोजित भेलाले खड्गीको अध्यक्षतामा ८५ सदस्यिय जिल्ला कार्यसमितिको समायोजन सम्पन्न गरेको हो ।
दुई पार्टी समायोजन गरि गठन गरिएको जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा ३ जना चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जयबहादुर तामाङ, शिव अधिकारी र नारायण अधिकारी रहेका छन् । पार्टी अध्यक्ष खड्गीले साविकका दुवै पार्टीका कमिटीलाई जिल्ला कार्य समितिमा समायोजन गरिएको बताए । कोभिड– १९ को महामारीका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन क्षेत्र, गाउँ, नगर र वडा कमिटीलाई समायोजन गरिने उनको भनाइ छ ।