• १ फाल्गुन २०८२, शुक्रबार

चाडपर्वमा अनावश्यक भिडभाड नगर्न तादी गाउपालिकाको आग्रह

महामारिको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमण थप भयावह बन्न नदिनको लागी तादी गाउँपालिकाको कार्यालयले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र मापदण्डहरुको पालना गर्न गराउन सबैमा आग्रह गरेको छ । गाउँपालिकाभित्रका नागरिकहरु र जनप्रतिनिधीहरुमा कोभिड १९ को सङ्क्रमण पुष्टी भएको र नजिँकिँदो चाडपर्वमा हुने आवतजावतले स्वास्थ्य सुरक्षामा थप जोखिम बढेको भन्दै कार्यालयले सामाजिक दुरी कायम राख्न, सार्वजनिक स्थानहरुमा अनावश्यक जमघट नगर्न सबैमा आग्रह गरेको हो ।

गाउँपालिकाका प्रमुख नारायणप्रसाद पाण्डेका अनुसार चाडपर्वमा ब्यक्ती तथा संघसंस्थाहरुले गर्ने कार्यक्रमहरुमा अनावश्यक भिड जम्मा नगराउन र कार्यालयको अनुमतीबिना मानिसहरु जमघट गरेर प्रचार सामग्रीहरु वितरण नगर्न अनुरोध गरिएको छ ।

सुचनाको बेवास्था गर्दै सङ्क्रमण बढाउने गतिविधीहरु गरेको पाईएमा सङ्क्रामक रोग एन २०२० अन्तरगत कडा कारवाही गरिने उहाँले चेतावनी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्