• २९ जेष्ठ २०८३, शुक्रबार

घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द हुने

घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द हुने भएको छ । कात्तिक १ गते घटस्थापना देखि १५ दिन कोजाग्रत पुर्णिमा सम्म सबै अदालत बन्द रहने भएको हो। अदालतबाट नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने जनाएको छ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ।

जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन्।





प्रतिक्रिया दिनुहोस्