
प्रवासी युवा रोहित गुरुङको पहलमा विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरेको छन् । पहिलो चरणमा अजिङ्गरे मा.वी को प्राङगणमा सामाजिक दुरि कायम गरी बिपन्न परिवारका विद्यार्थीहरु लाई स्कुल ब्याक ,कलम कपि ,पेन्सील ,स्वास्थ्य सामाग्री सेनिटाइजर ,माक्स वितरण गरेको छ। आज अजिङ्गरे मा.वि,कन्यादेवि आधारभुत विद्यालय हर्कपुर, भुमिदेवी आधारभुत विद्यालय खुर्साने र सिर्जनाशिल आधारभुत विद्यालय रानिस्वरा का निम्न बर्गका १०० जनालाई विद्यार्थीलाई प्रदान गरेको छन् ।

भोलि कार्तिक २ गते कालिका आधारभुत विद्यालय कागुनेमा वितरण गरिने अभियन्ता रोहित गुरुङले बताएका छन् ।
अभियन्ता गुरुङ लगायत विदुर-१३ का युवाहरुले सामाजिक सन्जालमा अभियान नै संचालन गरि देश तथा विदेशमा अध्ययनरत तथा कार्यरत युवाहरू बाट आर्थिक ,शैक्षिक तथा स्वास्थ्य सामग्री संकलन गरेका थिए ।

गुरुङको पहलमा केहि समय अघि स्थानीय बिपन्न तथा ज्यालादारी गरि खाने २१५ घर धुरिलाई खाद्यान्न राहत वितरण गरेका थिए । पछिल्लो समय स्थानीय युवाहरुको समाजप्रतिको उतरदायित्व तथा आफ्नो जन्मभूमि प्रतिको योगदानलाई प्रसंशा योग्य रहेको छ।

