• २९ बैशाख २०८२, सोमबार

वडा सदस्यद्दारा गाउँकै एक वृद्दालाई मरणासन्न हुने गरि कुटपिट


तत्कालिन नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका बिदुर नगरपालिका वडा न १२ का खड्क भट्टले दाजुभाईको समहयोगमा सामान्य विवाद हुँदा समेत छिमेकी ठाकुर भट्ट र उनकी ६२ वर्षिय वृद्दा आमालाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । वडासदस्य भट्टले रातको समयमा सुतिरहेको स्थानमा गएर घाईते ठाकुर भट्ट र उनकी आमालाई कुटपिट गरेको स्थानियले बताएका छन् । घटनापछि पिडितहरुले देविघाट चौकीमा सुरक्षाको माग गर्दै उजुरी गरेका थिए ।

तर प्रहरी चौकी देविघाट र विदुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सिताराम अर्याल लगायतले सो विषम मिलाउन पिडितपक्षलाई दवाव दिएका थिए । तर घटनाको विषयमा भने जिल्लो प्रहरी कार्यालय बोल्न चाहेको छैन । कुटपिटमा परी घाईते भएका ठाकुरको काठमाण्डौमा रहेका ग्रिन सिटि अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्