
बिदुर नगरपालिका वडा नं १ बस्ने दानी मनका धनी युवाहरूका ढुकढुकी जुझारु युबा मछिन्द्र नरसिह प्याकुरेल को आज ३४ औं शुभ जन्मोत्सवको उपलक्ष्यमा देबिघाट आश्रममा रहेका आदरणीय जेष्ठ आमा बुबाहरुको लाघी खाद्यान्न सामग्री चामल प्रदान गर्दै जेष्ठ नागरिकबाट आशिर्वाद लिएका छन् ।प्याकुरेल ले जिरा मसिनो चामल २५ केजीको १० बोरा जन्मदिनको उपलक्ष्यमा दिनुभएको हो ।
उक्त खाद्य समाग्री बुझ्दै प्रतिष्ठानका अध्यक्ष श्री बिष्णु प्रसाद नेपाल र सह सचिब श्री रामहरि गजुरेल ले प्याकुरेललाई धन्यवाद दिदै जन्म दिनको शुभकामना ब्यक्त गर्नु भयो। आश्रममा रहनु भयका जेष्ठ आमाबुबाहरुले सदा उन्नति,प्रगति साथै सम्वृद्दी सुस्वास्थ सहित दीर्घ जिबनको सुभकामना दिनुभयो ।