• २९ माघ २०८१, मंगलवार

पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ जना कोरोना संक्रमित थपिए ; बिदुर नगरपालिकामा मात्र ५३ जना

सोमबार नुवाकोटमा  ५५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये बिदुर नगरपालिकामा मात्र   ७ जना महिला र ४६ जना पुरुष गरि ५३ जना रहनु भएको छ । जसमध्ये २ जना अस्पतालको आईसोलेसनमा रहनु भएको छ । बाँकि सबै होम आईसोलेसनमा रहनु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारि दिएको  छ । 
यस्तै, शिबपुरी गाँउपालिकामा १ जना महिला र किस्पाङ गाँउपालिकामा १ जना पुरुष संक्रमित हुनु भएको छ । उहाँहरु होम आईसोलेसनमा बस्नु भएको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय ७ पुगेको छ । सक्रीय संक्रमितको संख्या १ सय ७० पुगेको छ । बाँकि १ सय ३७ जना कोरोना जितेर घर फर्किएका छन् ।
एकै दिन ५५ जनामा संक्रमण पुष्टि भएको नुवाकोटमा यो पहिलो पटक हो । कोरोना संक्रमण पुष्टि हुनेहरु बिदुर नगरपालिका वडा नम्बर १, २, ४, ६ र ९ नम्बरको अधिकाँस रहेको बताइएको छ ।
   नगरपालिका भित्र कोरोनाको जोखिम उच्छ भएको छ । काठमाडौं लगायत विभिन्न स्थानबाट आएकाहरु र होम आइसोलेसनमा रहनेहरुले साबधानी नअपनाउदा कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । संक्रमण पुष्टि भएकाहरु होम आइसोलेसनमा नबसि बाहिर हिड्दा संक्रमण फैलिएको स्वासथ्य कार्यालय नुवाकोटको निस्कर्ष रहेको छ ।

ब्यक्तिगत सुरक्षा साबधानी नअपनाउदा बिदुर नगरपालिका क्षेत्रभित्र संक्रमणको जोखिम भयाबह बन्दै गएको छ । सक्रिय संक्रमित मध्ये अस्पतालको आईसोलेसनमा २३ जना, संस्थागत आईसोलेसन सेन्टरमा १७ जना र होम आईसोलेसनमा १  सय ३० जना रहेका छन् । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यमा जटिलता आए पछी मात्रै अस्पताल आउन स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । संक्रमण पुष्टि भएको तर स्वास्थ्य अबस्था सामान्य भएकाहरुलाई स्वास्थ्यकर्मिहरुको सम्पर्कमा घरमै बस्न स्वास्थ्य कार्यालय नुवाकोटले आग्रह गरेको छ ।

अहिलेसम्म नुवाकोटमा संक्रमण पुष्टि भएका मध्ये १ सय ३७ जना कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार संक्रमण निको भएतापनी पुनः कोरोनाको संक्रमण देखिन सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । नुवाकोटमा रहेका अस्पतालहरुमा ४६ बेडको आईसोलेसन रहेका छन् । संस्थागत आईसोलेसनको संख्या भने ४५ बेडको रहेको छ । कोरोना संक्रमितको स्वास्थ्यमा जटिलता देखिएसँगै आइसोलेसनमा राख्न सकिने स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 
नुवाकोटबाट ५ हजार ६ सय १३ जनाको स्वाब संकलन गरेकोमा ३ सय ७२ जनाको परिक्षण नतिजा आउन बाँकि रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमणका कारण मृत्यु समेत भएको छ । 

कोरोना संक्रमणबाट नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका ६१ वर्षीया दिल कुमारी गुरुङको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङमा रहेको छ । काठमाण्डौमा उपचारको लागि पुग्नु भएका उहाँको घर फकर्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो । उहाँकोशब नेपाली सेनाको टोलीले ब्यबस्थापन गरेको थियो । यस भन्दा अगाडी पनी पञ्चकन्या गाँउपालिका थप्रेक घर भई काठमाण्डौ बस्दै आएका ८१ बर्षिया सान्नानी अधिकारीको शसस्त्र प्रहरी बल बलम्वुको अस्पतालमा कोरोनाको उपचारका क्रममा निधन भएको थियो ।





प्रतिक्रिया दिनुहोस्