
किस्पाङ गाउँपालिकाको कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द भएको सेवा प्रवाह आजबाट सुचारु भएको छ । कर्मचारीलाई नै कोरोना देखिएपछी अन्य कर्मचारी तथा सेवाग्राहीको कन्ट्याक्ट ट्रेसिङ गर्न बन्द गरिएको कार्यालय सोमवारदेखी खुला गरिएको गाउँपालिकाका अध्यक्ष छत्रवहादुर लामाले जानकारी दिनुभएको छ ।
प्रमुख प्रशासकिय अधिकृत सहित ४ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि गत असोज २५ गतेदेखि कामकाज बन्द गरिएको थियो । कोभिड १९ को सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी बन्द गरिएका सम्पूर्ण कामकाज सोमवारबाट पुनः सूचारु गरिएको अधक्ष लामाले वताउनुभयो ।