• २२ भाद्र २०८१, शनिबार

तुप्चे देखि साहुगाउ हुँदै देउराली गोगने जोड्ने मोटरबाटोको काम कोरोना बिच तिब्र रुपमा निर्माण हुँदै

गौरी पार्वती कन्ट्रक्सनको तुप्चे देखि साहुगाउ हुँदै देउराली गोगने जोड्ने मोटरबाटोको काम कोरोनाको महामारीमा पनि तिब्र रुपमा निर्माण भैरहेको छ । बिस्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड -१९ ले सम्पुर्ण क्षेत्र प्रभावित भएपनी गौरी पार्वती कन्ट्रक्सनको कामलाई भने कोरोनाले पनि छेक्न सकेन ।

कोरोनाको बहाना बनाइ विभिन्न निर्माण कम्पनीहरुले काम रोकेपनी गौरी पार्वतीले भने काम नरोकी निर्माण कार्य गरिरहेको छ।कन्ट्रक्सनले कोरोना महामारिको समयमा पनि विभिन्न समस्याहरु कहिले कामदार नपाउने त कहिले निर्माण सामग्रीको अभाव जस्ता समस्याको सामना गर्दै कामलाइ अगाडि बढाएको हो । साघुरो ठाउँमा चौडा बनाउने , नाला बनाउने , पहिरो गएको ठाउमा जाली राख्ने जस्ता कामहरु तिब्र रुपमा भइरहेको स्थानीयबासिहरुले जनाएका छन् ।


करिब ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको आयोजना समय अगाडि नै सम्पन्न हुने कन्ट्रक्सनले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्