लिखु गाउपालिका ०५ स्थित ढिकुरे-छहरे सडकखण्डमा मादक पदार्थ सेवन गरी झै-झगडा गर्ने साथै गाडी तोडफोड गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरि पार्किङ गरिराखेको गाडिहरु तोडफोड गर्ने निम्न स्थान बस्ने निम्न चार जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रकृया सुरु गरेको जनाएको छ।
मादक पदार्थ सेवन गरि तोडफोड गर्नेमा पंञ्चकन्या गाउपालिका वडा नं.०५ बस्ने बर्ष २३ को सुनिल राई ,वडा नं. ०१ बस्ने बर्ष २३ को दिनेश राई , लिखु गाउपालिका वडा नं.०४ बस्ने बर्ष २६ को प्रयास राई साथै सोही स्थान बस्ने बर्ष २३ को अनिल राई रहेको प्रहरीले जनाएको छ ।
साथै घटनामा संलग्न रहेका फरार ब्यक्तिहरुको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।