• २९ जेष्ठ २०८३, शुक्रबार

बोक्सीको आरोप लगाई यातना दिएको मुद्धाका फरार पक्राउ

 बोक्सीको आरोप लगाई यातना दिएको मुद्धाका फरारलाई प्रहरिले पक्राउ गरेको छ । म्यागङ गाउपालिका वडा नं.५ बस्ने बर्ष ३० को दिनेश सापकोटालाई पक्राउ गरेको छ । आफ्नै घरमा नै पहिचान लुकाई लुकीछिपी बसिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यलयबाट गएको टोलिले पक्राउ गरेको हो । 
जिल्ला अदालत नुवाकोटले मिति २०७३।०१।१४ गते बोक्सीको आरोप लगाई यातना दिएको मुद्धामा दोषी ठहरिई ५ बर्ष कैद,रु.५० हजार जरिवाना र रु.२५ हजार  क्षतिपुर्ती तिराउने भन्ने फैसला गरेको थियो । तर फैसला मिति देखि फरार भएका उनलाई बिशेष टोलीले पक्राउ गरि  अदालतको आदेश अनुसार कैद भुक्तानको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्