• २२ भाद्र २०८१, शनिबार

सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाले खाना खुवाउने अभियानमा रोक

 काठमाडौं महानगरपालिकाले खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै खाना वितरण गर्न रोक लगाएको हो । केही अभियन्ताहरुले कोरोनाको समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

महानगरपालिकाले सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एक अभियन्ताले बताए । सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको भन्दै खाना वितरण बन्द गर्ने निर्णय गरिएको छ ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्