• १ फाल्गुन २०८१, बिहीबार

विकास निर्माण तथा कोरोना रोकथाममा सफल भयौं ;अध्यक्ष बच्चुराम तामाङ

तादी गाउँपालिका वडा नं. २ मा विकास निर्माणको कार्यहरुले तिब्रता पाएको छ । भौतिक पूर्वाधारहरुको केही काम सम्पन्न भएसंगै अन्य बाँकी बिकास निर्माणका कार्यहरु तिव्र गतिमा अगाडि बढीरहेको वडा अध्यक्ष बच्चुराम तामाङको बताएका छन् । अध्यक्ष तामाङका अनुसार सडकलाई फराकीलो बनाउने, भवन निर्माण, खानेपानी ट्याङ्की निर्माण, ढलान गर्ने, धार्मिक मठमन्दिर एवं पुनःनिर्माण कार्यहरु अघि बढीरहदा कोरोनाले सो बिकास निर्माण कार्यलाई प्रभावित बनाए पनि कामले तीव्रता पाएको बताउनु भयो ।

वडामा हालसम्म १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको र सो संक्रमित व्यक्ति उपचार पश्चात निको भईसकेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो– अन्य ठाउँको तुलनामा संक्रमितको संख्या कम भएता पनि यसले अन्य क्षेत्रमा भने प्रत्यक्ष प्रभाव पारेको छ । वडाले विदेश तथा अन्य क्षेत्रबाट आउनेहरुलाई गाउँपालिका स्तरीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । उनीहरुको आवश्यक पिसीआर परीक्षण पश्चात रिर्पोटको आधारमा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था रहेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

हेल्थ पोष्ट, स्कुल तथा वडामा सेवा लिन आउनेहरुको लागि स्यानीटाइजर, साबुन र मास्कको व्यवस्था गरेको थियौ र विद्यालयमा बैकल्पीक शिक्षा पद्धतिमा शैक्षिक पठनपाठनहरु सुचारु गर्ने व्यवस्था गरेको छौं तामाङले भन्नुभयो । साथै कोरोना भाइरसबाट वास्तविक प्रभावित, अति विपन्न तथा अशक्त भएका करिब १७–१८ घर परिवारहरुलाई राहत समेत वितरण कार्य गरेको उहाँले भन्नुभयो ।

आगामी दिनमा स्वास्थ्यको मापदण्डमा रही शैक्षिक सस्थाहरु खोल्ने तयारीमा रहेको र वडाका बेरोजगारी युवाहरुलाई वडाको स्रोत साधनले भ्याएसम्म रोजगारको व्यवस्था गर्ने योजना गरिरहेको उहाँको भनाइ छ । साथै कृषि क्षेत्रमा आवद्ध रहेको युवाहरुको लागि शुलभ तरिकाले ऋण दिएर कुखुरा पालन र तरकारी खेती लगायत अन्य क्षेत्रहरुमा युवाहरुलाई सक्रिय बनाउने उद्येश्यले वडामा रहेका बेरोजगारी युवाहरुको तथांक संकलन गरी कार्यन्वयनमा ल्याउने योजना रहेको तामाङले भन्नुभयो । आफ्नो कार्यकालमा वडालाई समृद्ध बनाउन आफू लागी परिरहेको र यसको लागि वडावासीले पुर्णरूपमा साथ दिनुहुनेछ भन्नेमा आफू बिस्वसत रहेको र साथ दिनुहुन पनि आम वडावासीमा अनुरोध समेत गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्