
नुवाकोटको बिभिन्न २ स्थानमा आगलागी हुँदा झण्डै १५ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।
शिबपुरी गाँउपालिकाको बुडाथोकि टोलमा लोकबहादुर बुढाथोकिको घरमा लागेको आगोमा झण्डै १० लाख भन्दा बढिको क्षती भएको छ । नगद ५० हजार सहित सुनका गहना र अन्य सामाग्रीहरु जलेर नष्ट भएकामे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यता, नुवाकोटको मुख्य व्यापारिक केन्द्र बट्टार बजारको पुरानो बजारमा आगलागी भएको छ । विदुर नगरपालिका वडा नम्बर ४ बट्टार पुरानो बजारमा रहेको पुरानो पाटी नजिक रहेको फर्निचरमा आगलागी भएको हो । शलिना फर्निचर उद्योगमा लागेको आगोका कारण ठुलो मात्रामा फर्निचर जलेर नष्ट भएको छ ।
आगो के कारणले भन्ने खुल्न सकेको छैन् । रामकुमार शाहिको फर्निचरमा आगो लाग्दा फर्निचरका सामाग्री मात्रै नष्ट भएको हो ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले जानकारी दिनुभयो ।