ककनी गाँउपालिकाले बिग्रिएको चामल साट्न लैजादा काँग्रेस नेता तथा कार्यकर्ताहरुले घटनालाई बङग्याएर अनाबश्यक आरोप लगाएको गाँउपालिकाले जनाएको छ । घटनाको सत्यतथ्य बाहिर ल्याउन गाँउपालिकाले बिज्ञप्तिनै सार्बजानिक गरेको छ ।
ककनी गाँउपालिकाले बिज्ञप्ति जारी गर्दै स्वच्छ छबिमा काम गर्दै आएका गाँउपालिका अध्यक्ष मानबहादुर तामाङको मानमर्दन हुने गरि काँग्रेसले गरेको टिकाटिप्पणि गलत रहेको बिज्ञप्तिमा उल्लेख भएको छ । नेपाली काँग्रेस ककनी गाँउपालिका सभापती असोक लामाले राजनितिक प्रतिशोध साँध्न गाँउका केहि कार्यकर्ताहरुलाई उठाएर बखेडा झिकेको गाँउपालिकाले जनाएको छ ।
कोरोनाबाट प्रभाबित नागरिकहरुलाई राहत बितरणका लागी खरिद भएको चामलमा १ सय २५ बोरा चामल बिग्रिएकाले साट्नको लागी खरिद गरेको ब्यबसायिलाई बोलाएको थियो । ब्यबसायिले बिग्रिएको चामल साटिदिने बताएपछी गाडीमा लोड गर्न लाग्दा काँग्रेस नेता तथा कार्यकर्ताहरुले बिरोध गर्दे बिक्रि गर्न लागेको आरोप लगाएका हुन् । गाँउपालिकाले झण्डै ३ हजार बोरा चामल खरिद गरि कोरोना प्रभाबितहरुलाई बितरण गरेको थियो । बितरण गरेर बाँकि रहेको चामल बिग्रिएको पाईएकाले साट्न लाग्दा आफ्नो मानहानि हुने गरि गलत प्रचार प्रसार काँग्रेस नेता कार्यकर्ताहरुले गरेको ककनी गाँउपालिकाका अध्यक्ष मानबहादुर तामाङले बताउनु भयो ।
पालिका भित्र सञ्चालीत बिभिन्न योजना तथा बजेट कार्यान्वयनमा पनी राजनितिक प्रतिशोधका कारण काँग्रेसले अबरोध सिर्जना गर्दे आएको थियो । स्वच्छ रुपमा पालिकाको बिकासमा खटिदा पनी अनाबश्येक टिका टिप्पणी आफ्नो मानमर्दन भएको उहाँको भनाई छ यता, गाँउपालिकाले चामल खरिद गरेको ब्यबसायि कृष्णमान डङगोलले पनी आफुले चामल साट्नको लागी गाडी पठाएको बताउनु भयो । गाँउपालिकाको स्टोरमा रहेको १ सय ३० बोरा चामल बिग्रिएकाले त्यसको सटहिको लागी आफुले चामल लिन गएको बताउनु भएको छ । गाँउपालिकाले ३ हजार भन्दा बढि बोरा चामल खरिद गरेको र लामो समय सम्म बितरण हुन नसकेको चामल आफुले फिर्ता लिएको बताउनु भयो ककनी गाँउपालिकामा नेकपा निटक ब्यक्तित्वले निर्बाचन जिते पछि नेपाली काँग्रेसले सबै काममा बखेडा निकाल्दै आएको छ । नागरिकहरुको मतबाटै पछाडी परेको काँग्रेस बिभिन्न अनाबश्येक बाहना झिक्दै गाँउपालिकालाई बिबादमा तान्दै आएको छ । यसै, बिषयमा ककनी गाँउपालिकाले बिज्ञप्ति जारी गरेर चामल सटहिको बिषयमा खुलस्त पारेको छ ।