
प्रतिबन्धित समुह बिप्लबका ३ जना जिल्ला कमिटि सदस्य पक्राउ परेका छन् । बिदुर नगरपालिका वडा नं. ४ बट्टार बजारमा संकास्पद गतिबिधी गरि हिडडुल गरिरहेको अबस्थामा विप्लव कार्यकर्ता बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलिले पक्राउ गरेको थियो । पक्राउ हुनेमा सुर्यगढी गाउपालिका वडा नं.२ का ४१ बर्षका राम कुमार अधिकारी(बादल)रहेकामा निजलाई सोधपुछ तथा खानतलासी गर्ने क्रममा निज बादलको साथबाट चन्दा रसिद, सो पार्टीको पर्चाको साथै अन्य कागजात समेत बरामद भएको थियो ।
बादलबाट खुल्न आएका पर्चा पम्प्लेट बितरण लगायतका अन्य कार्यमा ककनी गाउपालिका वडा नं ३ बस्ने ४३ बर्सका शम्भु प्रसाद ढुंगाना र सोही स्थान बस्ने ४५ बर्ष को विनोद ढुंगाना समेत संलग्न रहेको र निजहरु ककनी गाउपालिकामा लुकीछिपी बसिरहेको अबस्थामा नियन्त्रणमा लिइ ३ जनालाई आवश्यक कारबाहीको लागी कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।