त्रिशूली अस्पतालमा मानसिक अस्पताल लगनखेलको बिशेषज्ञ सेवा उपलब्ध हुने भएको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता भएको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा मानसिक अस्पतालको सेवा उपलब्ध गराउन लागिएको हो । त्रिशूली अस्पतालमा हरेक महिनाको दोश्रो सोमबार मानसिक अस्पताल लगनखेलको विशेषज्ञ सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा दिपेन्द्र पाण्डे र मानसिक अस्पताल लगनखेलका निर्देशक डामोहनराज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । नियमित रुपमा प्रत्यक महिनाको दोश्रो सोमबार मानसिक अस्पताल लगनखेलको विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
त्रिशुली अस्पतालमै मानसिक अस्पतालको सेवा उपलब्ध हुने भए पछी नुवाकोट, रसुवा र धादिङका नागरिकह्रुमा सहज भएको छ । मानसिक सेवा लिनको लागी काठमाण्डौ पुग्नु पर्ने बाध्यता अब हटेको छ । यस्तै, लगनखेलमा चेकअपमा रहेका मानसिक बिरामिहरुको पलोआ र चेकजाँच नुवाकोटमै गर्न सकिने त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा नै स्याटेलाइट क्लिनिक सञ्चालनको लागी संघीय सरकारबाटै निति तथा कार्यक्रम र बजेट सुनिश्चित गरिएको त्रिशुली अस्पताल मार्फत स्याटेलाईट क्लिनिक सेवा थप गर्दै लगेको त्रिशुली अस्पताल नुवाकोटका अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताउनु भयो ।
अहिले प्रत्येक मंगलबार कान्ति बाल अस्पतालको बिशेषज्ञ सेवा त्रिशुली अस्पतालबाट प्रबाह भैरहेको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसँग पनी सम्झौता गरेको थियो ।
गामीण तथा दूर्गम एंव सुविधासम्पन्न अस्पतालमा सेवा लिन नागरिकको पहुँच नपुग्ने तथा आउजाउ गर्न हुदै आएको कठिनाई अन्त्य गर्न सङ्घीय तथा प्रादेशिक अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालनमा ल्याउने नीति अवलम्वन गरिएको हो ।
त्रिशुली अस्पतालको भौतिक पूर्वाधार सुविधासम्पन्न भएकाले उपकरण र जनशक्ति सहयोग मार्फत आगामी दिनमा त्रिशूली अस्पतालमा मानसिक रोगसँग सम्बन्धित समस्याको शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागेको उहाँले जानकारी दिनु भयो ।