लिखु गाँउपालिकाको वडा नम्बर २ मा रहेको सुन्दरीटार युवा क्लबले न्यानो कपडा मण्डी बितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौ डाउन टाउन र लायन्स क्लब अफ काठमाडौ मिरमिरेको सहयोगमा क्लबले मण्डि तथा कम्बल बितरण गरेको हो । लिखु गाँउपालिकाको वडा नम्बर २ मा रहेका असहाय, अशक्त, एकल महिला तथा निम्न बर्गिय व्यक्तिहरुलाई जाडोको मौसममा कम्बल बितरण गरिएको क्लवका अध्यक्ष चिरञ्जिबि लामिछानेले जानकारी दिनुभएको छ ।
कम्बल बितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा नुवाकोटका सचिबालय सदस्य एवं लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनका अध्यक्ष पुर्णलाल श्रेष्ठले यसअघिको चुनावमा नेकपा लिखुले तयार गरेको घोषणापत्र अनुशार काम गरे नगरेको खबरदारी गर्नको लागी नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले जनताको भावना अनुशार चुनावको समयमा गरेको बाचा र घोषणापत्र अनुशारको कार्य गर्नको नेकपाबाट निर्बाचितहरुलाई निर्देशन दिदै घोषणापत्रमा लेखिए अनुशारको काम भए नभएको खबरदारी गर्नको लागी नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
नेकपा नुवाकोटका सचिबालय सदस्य एवं लायन्स क्लब अफ काठमाण्डौ डाउन टाउनका अध्यक्ष श्रेष्ठले नुवाकोटको सबैभन्दा चर्चामा रहेको र सबैभन्दा ठुलो खानेपानी योजना ड्वाँचे खानेपानीको समितिमा राजनिति नगरी नागरिकहरुको हितमा काम गरी घरदैलोमा खानेपानी पु¥याउन आग्रह गर्नुभएको छ । उक्त योजनाले सुर्यगडी गाँउपालिकाको सबै वडा, लिखु गाँउपालिकाको २ वडा र विदुर नगरपालिकाको ३ वडामा बितरण हुने खानेपानीमा राजनितिक खिचातानी गरेर जनतालाई प्यासमा नराख्नको लागी पार्टीमा समेत आफ्नो दबाब र पहल जारी रहेको उहाँले बताउनुभएको छ ।
साथै, उहाँले लामो समयदेखी उपभोक्ता समितिको बिबाद देखाईएको ड्वाचे खानेपानी आयोजनालाई बिकल्पको रुपमा अर्को उपभोक्ता समिति गठन गरेर भएपनी नागरिकहरुको शुद्ध खानेपानीको अधिकारलाई सुनिस्चितता गराउनका लागी आफ्नो प्रयास जारी रहिरहेको समेत प्रष्ट पार्नुभएको छ ।
कार्यक्रममा लिखु गाँउपालिकाका उपाध्यक्ष रोजिना राई, वडा नम्बर २ का अध्यक्ष भिमबहादुर घले, लायन्स क्लब अफ डाउन टाउनका उपाध्यक्ष सुमन पाठक, नेकपाका लिखु ईञ्चार्ज धर्म अधिकारी, सह यृञ्चार्ज विवेक ढकाल, सुनचाँदि हस्तकला ब्यबसायि महासंघका केन्द्रिय अध्यक्ष केशर सेञ्चुरी, लायन्स क्लब अफ काठमाडौ मिरमिरेका अध्यक्ष शेरबहादुर पाठक, कोषाध्यक्ष रामकृष्ण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।