• ३ श्रावण २०८२, शुक्रबार

शेरबहादुर तामाङ मन्त्री नपाएपछि पुनः प्रचण्ड समूह फर्किए

नेकपा पार्टी विभाजनसँगै नेताहरु गुट हेरफेर गर्ने क्रम तीब्र भएको छ ।पूर्व कानुनमन्त्री एवम नेकपा केन्द्रिय सदस्य शेरबहादुर तामाङ हिजोसम्म प्रचण्ड नेतृत्वले पार्टी चलाउन सक्दैन भन्दै एकाएक प्रधानमन्त्री ओलीको कार्यलाई स्वागत गर्दै ओली खेमातिर लागेका तामाङ पुनः प्रचण्ड नेतृत्वमा फर्किएका छन् ।
श्रोतका अनुसार तामाङले प्रधानमन्त्री के.पी. ओली समक्ष पूर्व सहमति अनुसार खानेपानी मन्त्रीमा सपथ गराउनुपर्यो भन्दा प्रम ओलीले पूर्व एमाले कसाईलाई पनि मन्त्री नबनाउने बरु पूर्व माओवादीका मान्छे यता ल्याउनु पर्ने भएकाले मन्त्री पद माओवादीबाट आएका व्यक्तिलाई दिनुपर्ने बताएपछि तामाङ पुनः प्रचण्ड नेतृत्वमा फर्किएका छन् ।
तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।





प्रतिक्रिया दिनुहोस्