• २९ माघ २०८१, मंगलवार

संविधानको रक्षागर्न नेपाली कांग्रेस आफै सक्षम छ : नेता केसी

नेपाली कांग्रेसको आयोजनामा नुवाकोटको विदुरमा भएको विरोधसभालाई सम्बोधन गर्दे नेता अर्जुननरसिंह केसी ले ईतिहासका हरेक परिवर्तनमा कांग्रेसले नै निर्याणक भुमिका खेलेको भन्दै अब पनि आन्दोलन र संविधानको रक्षागर्न कांग्रेस आफै सक्षम रहेको बताए । नेता केशीले सरकारले चालेको कदमविरुद सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले कांग्रेस नै लोकतन्त्र र संविधानको रक्षका भएको भन्दै कांग्रेसले संविधानको लागि आन्दोलन गर्ने बताए । उनले कांग्रेसकै नेतृत्वमा सधै देशमा परिवर्तन भइरहेको भन्दै अवको आन्दोलनमा पनि आफुहरुले नेतृत्व गर्न तयार रहेको बताए ।

कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रि के.पी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरि संविधानमाथि नै छुरी प्रहार गरेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्