• २२ भाद्र २०८१, शनिबार

नुवाकोटमा प्रधानमन्त्री ओलीकाे पुत्ला दहन

सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको भन्दै नुवाकोटकाे सदरमुकाममा आज प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन गरिएकाे छ। प्रधानमन्त्रीले ब्यक्तिगत असंबैधानिक कु को विरुद्धमा अनेरास्ववियु नुवाकोटले कालो पुत्ला दहन गर्दै कालाे झण्डा बोकेर एकोहोरो शंख बजाउदै बिदुर स्थित लोकतान्त्रिक चौतारामा पुत्ला दहन गरि बिरोध गरिएकाे अनेरास्ववियु केन्द्रीय सदस्य प्रदिप शर्माले बताउनुभयो ।
अनेरास्ववियुका पुर्व केन्द्रीय सचिवालय सदस्य तथा नेकपा नुवाकोटका सदस्य एवं युवा नेतृ उषाकिरण तिमल्सिनाले नेपालका युवाहरु दिनै लाखौंकाे सङ्ख्यामा बिदेशिनु परिरहेकाे अवस्थामा नेपालम‌ै स्वराेजगारिकाे सृर्जना गर्नुकाे सट्टामा देशका प्रधानमन्त्रीले नै देशलाई चिरिरहेकाे बताउनु भयाे।

नुवाकोटका युवा नेता उद्वव पनेरुले व्यक्तिकाे स्वभाव र चरित्रले जे साेच्याे तेहि गर्ने भावनाले प्रम ओलिले जुन कदम चाल्नुभयाे त्याे असंवैधानिक र अवैधानिक छ,त्याे कदम नसच्चिए सम्म हामी निरन्तर सडकमा छाै र हुन्छाै भन्दै आफ्ना धारणा व्यक्त गरेका छन्।

नेकपा नुवाकोटकाे भाेेेलि(पाैष २४ गते) जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्री लाई बिराेध पत्रसहित संविधानकाे पुस्तक दिने र राष्ट्रकाे नाममा क्षमायाचना गरि गलत कदम सच्याउन अनुराेध गर्ने कार्यक्रम रहेकाे नेकपाका नेता बुद्धि प्रधानले जानकारी दिनुभयाे।





प्रतिक्रिया दिनुहोस्