श्री देउराली माबि नुवाकोट म्यागङ ३ थाेयरमा यशाेधादेबि भगवान सिह मेमोरियल ट्रष्ट द्रारा शैशिक सामाग्री तथा कम्युटर,ल्यापटप हस्तान्तरण कार्यक्रममा सम्बाेधन गर्नुहुदै नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री तथा पुर्व मन्त्री अर्जुननरसिंह केसिले राजनिति भन्दा मान्छे ठुलाे हाे तसर्थ सबै नागरिकहरुकाे सम्मान गर्नु पर्ने बताउनुभयो ।भुकम्प जादा नुवाकोटका सबै स्कुलमा राजनिति पुर्वाग्रह भन्दा माथि रहेर टष्ट्रबाट सकेकाे सहयाेग गरेकाे,विभिन्न समयमा स्वास्थ्य सिबिर सन्चालन गरेकाे,गरिव असाहय तथा बिपन्न परिवारकाे निम्ति कपडा बितरण गरेकाे, काेराेनाकाे त्रासमा पनि सस्थाले स्वास्थ सामाग्री बितरण गरेकाे र अागामि दिनमा समेत सहयाेग निरन्तर जारि रहने बताउनुभयाे। शिक्षक बिद्यार्थी र अभिभावककाे सम्बन्ध अाेदानकाे जस्ताे भएकाे बताउनु हुँदै काेराेना महामारिकाे याे समयमा बामपंथी सरकारले ससद बिघटन जनतालाई दुख दिने र कम्युनिस्टहरुले बह्रलुट गर्ने नियत मात्रै भएकाे बताए।साेहि स्कुलमा अध्ययनरत दुवै मृगौला फेल भएका लक्ष्मण तामाङकि छाेरि कृतिका तामाङकाे प्लस टु अध्ययनकाे जिम्मा समेत अाफुले लिएकाे बताउनुभयाे।सस्थाका अध्यक्ष डा केदारनरसिह केसि,महासचिव एवम नेका नुवाकोटका सभापति जगदिश्वर नरसिह केसि,गाउपालिका अध्यक्ष अाशा तामाङ लगायतले सम्बाेधन गर्नुभएकाे थियाे।