• २९ जेष्ठ २०८३, शुक्रबार

बालुवातस्करीमा संलग्न नुवाकोट कुमरीका दुई पक्राउ

नुवाकोटको बेलकोटगढी नगरपालिकामा बालुवा तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार बेलकोटगढी नगरपालिका वडा नं.०३ ठुलोबगरमा थुपारेर राखेको बेलकोटगढी नगरपालिकाले शिलबन्दी गरिएको बालुवा चोरी गर्ने क्रममा सोही नगरपालिकाको वडा नम्बर ३ का प्रज्वल मुडभरी र वडा नम्बर ४ का रोशन गुरूङ पक्राउ परेका हुन ।

उनीहरूले बालुवा चोरी प्रयोग गरेको स्काभेटरमा प्रहरीले ताला लगाएको छ ।





प्रतिक्रिया दिनुहोस्