नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती नेकपा ओली समुहमा प्रवेश गरेका छन् ।
यसअघि प्रचण्ड समुहमा रहेका उनी आईतवार ओली समुहमा प्रवेश गरेका हुन् । सरकारले संसद विघटन गरेको भन्दै नुवाकोटमा आयोजना गरिएको विभिन्न विरोध कार्यक्रममा सहभागि भएका वस्ती ओलि समुहमा प्रवेश गरेका हुन् ।
नुवाकोटमा हालसम्म ओलि समुहमा देखिएका पालिका प्रमुखहरुमा बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल र रमेश वस्ती रहेका छन् । पछिल्लो समय ओली समुहको नेकपाले नुवाकोटमा कार्यकर्ताहरुसँग भेटघाट र अन्र्तक्रिया कार्यक्रलाई तिव्रता दिएको छ ।