• १० बैशाख २०८२, बुधबार

महिलालाई आत्मनिर्भर बनाउदै पञ्चकन्या गाउँपालिका

सिप सिकौँ, रोजगारी बनौँ भन्ने नारा सहित पञ्चकन्या गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले वडागत रुपमा महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिइरहेको छ ।
यसै क्रममा वडा नम्बर २ कविलासका महिलाहरुलाई क्रिस्टल सम्वन्धी तालिम दिइएको छ । महिलाहरुको क्षमता विकासको साथै जिविको पार्जनमा सहयोग पुराउनको निम्त यहि माघ ५ गतेदेखि तालिम दिन सुरु गरिएको थियो । तालिमको एक कार्यक्रमको विच सोमवार समापन गरिएको छ । तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो  । समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष सीता खड्का पराजुली, प्रमख प्रशासकीय अधिकृत नरेस पुडासैनी लगायतको सहभागिता रहेको थियो । 
  

महिलाहरुलाई आत्मनिर्भर बनाउन वडामा रहेका महिलाहरुको मागको आधारमा तालिम दिने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताउनुभएको छ  । स्थानीय स्तरमा उत्पादन हुने र खेर जाने गरेको कच्चा पदार्थको प्रशोधन गर्ने कार्यलाई गाउँपालिकाले प्राथमिकता दिइरहेको उहाँको भनाई छ । स्थानीय स्तरमा उत्पादित सामग्रीहरुलाई गाउँपालिकाको ब्राण्डको रुपमा लिइने उहाँले बताउनुभएको छ । उत्पादित बस्तुको बजारिकरण र आवस्यक कच्चा पदार्थको खरिद गर्नुपरेमा आवस्यक समन्वय र सहकार्य गाउँपालिकाले गर्ने बताइएको छ ।  





प्रतिक्रिया दिनुहोस्