• ४ बैशाख २०८३, शुक्रबार

किस्पाङमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना 

नुवाकोटको किस्पाङ गाँउपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । 
नागरिकहरुलाई प्राकृतिक र आर्युवेदिक चिकित्सा पद्धतिद्धारा उपचार गराउने उद्देश्यले उक्त आरोग्य केन्द्रको स्थापना गरिएको हो । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र नुवाकोट अन्तर्गत रहने गरी नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो । बिहिबार एक कार्यक्रमका बिच किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्रबहादुर लामाले m आरोग्य केन्द्रको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष लामाले आफ्नै गाउँवस्ती र वन जङ्गलमा भएका जडिबुटीहरुको सही पहिचान गर्दै आर्युवेदिक औषधीको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ । अध्यक्ष लामाले बढ्दो आधुनिकताले गर्दा र खानपानमा सावधानी नअपनाउदा विभिन्न किसिमका रोगहरु देखा परेकाले प्राकृतिक चिकित्सा पद्धतिलाई अपनाउन आग्रह गर्दै आफ्नो करेसाबारीमा अर्गानिक र विषादीरहित तरकारी उत्पादन गरी प्रयोग गर्न समेत गाउँपालिकाबासीलाई सुझाव दिनुभएको छ । 





प्रतिक्रिया दिनुहोस्