• ३० माघ २०८२, बिहीबार

लिखु गाउँपालिका ‘मोतियाबिन्दु मुक्त’ क्षेत्र बन्दै

नुवाकोटको लिखु गाउँपालिका ‘मोतियाबिन्दु मुक्त’ क्षेत्र हुने भएको छ । लिखु गाउँपालिकालाई ‘मोतियाबिन्दु मुक्त’ क्षेत्र घोषणा गर्ने तयारी भएको गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले जानकारी दिनुभएको छ । गाउँपालिकालाई ‘मोतियाबिन्दु मुक्त’ क्षेत्र घोषणा गर्ने अभियानलाई लायन्स क्लब अफ काठमाडौं मीनभवनले प्राविधिक सहयोग गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष धुर्ब श्रेष्ठ र लायन्स क्लब अफ काठमाडौं मीनभवनका अध्यक्ष हरिलोचन शर्माबीच सम्झौता भएको छ । 
लिखु गाउँपालिकाभित्र बसोवास गर्ने नागरिकले आँखासम्बन्धी  निःशुल्क सेवा पाउने सम्झौतामा उल्लेख गरिएको छ ।  
लायन्स क्लबले मोतियाबिन्दमुक्त क्षेत्र घोषणाका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ भने गाउँपालिकाले अन्य व्यवस्थापकीय कार्य गर्ने गरी सम्झौता भएको अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।  
उक्त सम्झौता कार्यान्वयनका लागि यही माघ ३० र फागुन १ गते गाउँपालिकाको चौघडामा बृहत् आँखा शिविरको आयोजना गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्