• २२ भाद्र २०८१, शनिबार

कांग्रेसक शुभेच्छुक संस्थाहरुद्वारा सम्सद बिघटनको बिराेधमा प्रदर्शन

नेपाली काँग्रेसकाे शुभेच्छुक संस्थाहरुले संसद् विघटनको विरोधमा नुवाकोटमा प्रदर्शन गरेका छन् । काँग्रेसका शुभेच्छुक संस्थाले संयुक्त रुपमा सदरमुकाम बिदुरमा विरोध प्रदर्शन गरेका हुन् ।
बिदुर चाेकबाट सुरु भएकोकाे र्यालि लाेकतान्त्रिक चौतारामा पुगेर काेण सभामा परिणत भएको थियाे । प्रदर्शनकारीहरुले ‘प्रतिनिधीसभा पुनर्बहाली गर’, ‘विधिको शासन कायम गर, पेशाकर्मीलाई बनाइयो आहत, महामारीमा पनि दिइएन राहत, संघीय शिक्षा ऐन खारेज गर, मानवअधिकारको रक्षा गर, लेखेका पोस्टर शरीरमा टाँसेका थिए । काेणसभामा काङ्ग्रेस जिल्ला सभापति जगदिश्वरनरसि्ह केसि, निबर्तमान सभापति धुर्ब अधिकारी, ट्रेड युनियन काङ्ग्रेस नुवाकोटका सभापति शिभ देबकाेटा लगायतले सम्बिधान बिपरित सम्सद बिघटन भएकोले काङ्ग्रेस बिराेधमा उत्रिएको बताएका छन् ।
काङ्ग्रेसकाे केन्द्रीय कार्यक्रम अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काङ्ग्रेसले विभिन्न बिराेधका कार्यक्रमहरु गर्दै अाएकाे छ ।





प्रतिक्रिया दिनुहोस्