
नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा फागुन ७ गते नुवाकोट आउने भएका छन् ।प्रजातन्त्र दिवसको अवसरमा नेपालप् कांग्रेस नुवाकोटको पार्टी कार्यलय उद्घाटन गर्न उनी नुवाकोट आउन लागेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । नुवाकोट जिल्ला सभापति केसीका अनुसार पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टी सभापति देउवासहित वरिष्ट नेताहरु रामचन्द्र पौडेल, महामन्त्रि शसांक कोइराला,नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बहादुरसिंह लामा,युवा नेता गगन थापा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका सबै तहका कार्यकर्तालाई सहभागी हुन नेपाली कांग्रेस नुवाकोटले सबैमा आग्रह गरेको छ ।