• ३० फाल्गुन २०८२, शनिबार

तामाङ सास्कृतिक तथा सङ्ग्रहलय भवनको शिलान्यास

नुवाकोट -जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा न ७ चापाबोटमा तामाङ सांस्कृतिक तथा सङ्ग्रहलय भवनको शिलान्यास भएको छ।
भवन शिलान्यास नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद हित बहादुर तामाङको प्रमुख अतिथ्यमा भएको थियोे। तामाङले शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै तामाङ सङ्ग्रहलय भवन उधेश्य अनुरुप समयमा निर्माण हुने बताए ।
कार्यक्रममा विशेष अतिथि बागमती प्रदेशका उपसभामुख राधिका तामाङले सङ्ग्रहलय भवन निर्माण ले शिवपुरीमा पर्यटन क्षेत्रको विकास हुने र तामाङ भाषा सांस्कृति भेसभुसाको संरक्षण हुने बताउनु भयाे। कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले नेपाल बहुभाषिक देश र बहुसस्कृति रहेकोछ यसको सरक्षणमा गाउँपालिका लागि रहेको र यस भवन निर्माण गर्ने गाउँपालिकाले यो वर्ष दुई लाख सहयोग गर्ने र सधैं सहयोग गर्ने बताए । शिवपुरी वडा न ७ का माधव प्रसाद भेटुवालले वडा बाट गर्न सहयोग सधैं गरिरहने बताउनु भयाे।
नेकपा क्षेत्र न १ का सयोजक पदम उप्रेतीले अहिले देशमा प्रधानमन्त्री केपि ओलिले गर्दा अस्थिरता देखिएको र नेकपा विकासको लागि सधै लागिरहेको बताउनु भयाे।
उक्त भवन बागमती प्रदेस सरकार सामाजिक विकास मन्त्रालय सार्वजनिक निर्माण कार्यन्वयन ईकाई गजुरी धादिङ तथा जनश्रमदान रहेको छ l





प्रतिक्रिया दिनुहोस्