• ६ असार २०८३, शनिबार

गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला

गोरखाको बारपाक सुलिकोट गाउँपालिका -१ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ  र १३ वर्षीया उषा गुरूङ रहेका छन् । राति सामान्य रुपमा सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले बोलाउन जाँदा  मृत भेटिएका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्