• ६ असार २०८३, शनिबार

कांग्रेसको पदाधिकारी बैठक आज

नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे बुढानीलकण्ठमा बस्नेछ ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बाेलाइएकाे हाे । प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड-नेपाल पक्षले सत्ता सहकार्यको प्रस्ताव गरेपछि यसबारे छलफल गरिने  स्राेतले बताएकाे छ ।

बुधवार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्ड-नेपालले सहकार्यका लागि प्रस्ताव गरेका थिए। जवाफमा सभापति देउवाले पार्टीमा छलफल गरी अघि बढ्ने बताएका थिए।





प्रतिक्रिया दिनुहोस्