• २९ बैशाख २०८२, सोमबार

बद्री मैनालीको शित भण्डारले किसानलाई ठग्यो, आन्दोलन गर्न किसान संघको चुनौती

नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर २ मा रहेको बागमती प्रदेशका साँसद बद्री मैनाली मालिक रहेको नुवाकोट शित भण्डार प्रालिले किसानहरुलाई ठगेपछि किसान संघ नुवाकोटले आपत्ती जनाएको छ । 
नेपाल किसान संघ जिलला कार्य समिति नुवाकोटले बिहिबार एक बिज्ञप्ति जारी गर्दै सरकारी अनुदानमा निर्माण भएको नुवाकोट शित भण्डारले किसानको माग सम्बोधन नगरेमा आन्दोलनको आधिबेहरीको सामना गर्न चुनौती समेत दिएको छ । 
    जिल्ला सचिव शिव गुणीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा पिडित किसानहरुले छानविन माग गरी कारबाहिको लागी जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको उचित छानबिन गर्न माग गरेको छ । 
    शित भण्डारले नेपाल सरकार संग गरेको सम्झौता अनुरुप काम नगरेको र सोहि अनुरुप किसानहरुलाई सेवा सुबिधा नदिई ठगी गरेको प्रति संघले आपत्ती जनाएको छ । किसानहरुको हित बिपरीत कार्य गरी शित भण्डार प्रालिले गरेको उल्लघंनहरु सहित गत फागुन १० गते जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी परेको छ । 
उजुरीमा नेपाल सरकारबाट ११ करोड २५ लाख रुपैयाँ अनुदानमा किसानहरुको हितको लागी कार्य गर्नेगरी निर्माण गरिएको शित भण्डार प्रालिले ५० प्रतिशत छुट दिने सम्झौता गरी चलनचल्तीको भन्दा धेरै भाउ राखेर १० प्रतिशत मात्रै छुट दिएको उल्लेख गरिएको छ । छुट सुबिधा अपारदर्शी भएकाले सरकारसंग भएको सम्झौताको कार्यान्वयन उल्लघंन गरेर बढी रकम असुल गर्दै किसानहरुलाई ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ । 

नुवाकोट शित भण्डारले नुवाकोट सहित जिल्ला बाहिरका किसानलाई समेत बीउ प्रयोजनको लागी २५ प्रतिशत अनुदान छुट दिनुपर्ने सम्झौता गरेको भएपनि त्यसको पालना नगरी किसाहरुलाई ठग्दै आएको उजुरीमा उल्लेख गरिएको छ । 
नुवाकोट शित भण्डारले कार्यालय भित्र राखेको शुल्क बिबरणमा प्रतिबोरा ६० केजीको ३ सय १५ रुपैयाँ उल्लेख गरेर किसान संग भने ३ सय ५० रुपैयाँ असुल्दै ठगी गर्दै आएको उजुरीमा उल्लेख गरएको छ । 





प्रतिक्रिया दिनुहोस्