
कुलेखानी बोर्डिङमा विद्युतीय अपराध विरुद्ध अन्र्तक्रिया
भिमफेदी, १४ फागुन÷ “हर प्रहर, गाउ“ र नगरी १ टोलटोलमा नेपाल प्रहरी ११” भन्ने मुल नाराका साथ विद्यँर्थीहरु स“ग साइबर विरुद्ध अर्थात विद्युतीय अपराध सम्बन्धी अन्र्तक्रया कार्यक्रम भएको छ । “प्रहरी मेरो साथी” भन्ने भावनालाई जागरुक गर्दै इलाका प्रहरी कार्यालय भिमफेदीले कार्यक्रमको आयोजना गरिएको हो ।
समाजमा भई घटेका विभिन्न विद्युतीय अपराधको बारेमा बोल्दै भिमफेदीका प्रहरी सहायक निरीक्षक प्रेम तामाङले विद्यार्थीहरुलाई यस्तो अपराधको बारेमा ज्ञान हुनुपर्ने बताए । उनले विश्वभर विद्युतीय अपराध भइरहेको र नेपालमा पनि यस्तो अपराधहरु हुने गरेको हुनाले विद्यार्थीहरु सजक रहनुपर्ने बताए । अपराध भनेको जो कोही बाट हुन सक्छ, त्यसैले विद्यार्थीहरुले कुनै पनि विद्युतीय माध्यम (फेसबुक, ट्वीटर, जी–मेल, भाईबर, व्हाट् एप, इमो) जस्ता एपहरु चलाउ“दा निकै ध्यान दिनुपर्नेमा तामाङले जोड दिए ।
कुनै पनि व्यक्तिको मञ्जुरी विना फोटो खिच्नु नै अपराध हो, त्यसैले कसैले पनि विद्युतीय माध्यमको गलत ढंगले प्रयोग गरेर कसैको मान हानी गर्न नहुने तामाङले बताए । उनले विद्युतीय अपराध गरेबापत विभिन्न सजाय हुने र विद्यँर्थीहरुलाई यस्तो नगर्न र नगराउन सबैमा चेतना फैलाउनु पर्ने बताए ।
कार्यक्रममा विद्यँलयका प्रधानाध्यापक सन्तोष घागा मगर, शिक्षक शिक्ष्ँिका, कक्ष्ाँ ६, ७ र ८ का विद्यँर्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यँर्थीहरुले तामाङस“ग अपराध सम्बन्धि विभिन्न प्रश्नहरु गरेका थिए ।
