• २३ आश्विन २०८१, बुधबार

जित्याे धादिङले

नुवाकोटमा सम्पन्न बागमती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिताको उपाधि धादिङ समाज धादिङले जितेको छ ।
नुवाकोटको बट्टारस्थित आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार भएको फाईनल खेलमा धादिङ समाज धादिङले काठमाडौंलाई १–० गोल अन्तरले हराउँदै ऐतिहासिक उपाधि जितेको हो । काठमाडौँ विरुद्ध धादिङका विपिन कँडेलले खेल सुरु भएको २ मिनेटमा नै पेनाल्टि मार्फत गरेको गोल गर्नुभएको थियो । त्यसपछि खेलमा दुवै टिमले दोहोरो गोल गर्न सकेन र विपिनको उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।
उपाधि जितेसँगै धादिङले ट्रफिसहित नगद रु. ५ लाख प्राप्त गरेका छन् । त्यस्तै उपविजेता टिम काठमाडौंले २ लाख पचास हजार प्राप्त गरेका छन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजना तथा नुवाकोट फुटबल संघको संयोजनमा भएको प्रतियोगितामा बागमती प्रदेश भित्रको १० जिल्लाका फुटबल क्लबहरुको सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्