सरकारले इन्धनमा गरेको मुल्यवृद्धि तत्काल हटाउन अनेरास्ववियूले माग गरेको छ । सरकारले एक वर्षमा ९ पटक इन्धनको मुल्यवृद्धि गरेको भन्दै आपत्ती जनाएको हो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले इन्धनमा भएको मुल्यवृद्धिले जनता र विद्यार्थीलाई आक्रोशित बनाउने काम समेत गरेको बताए ।
उनले कोरोना कहर र लकडाउनका कारण थिलोथिलो भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरुको चुलोमै सरकारले बज्र प्रहार गरेको विज्ञप्ती मार्फत जनाएका छन् ।
विज्ञप्ती सहित