• २२ भाद्र २०८१, शनिबार

भन्सार छलेर लुकिछी ल्याएको१६९ थान मोबाइल प्रहरीद्वारा बरामद ।

नेपाल प्रहरीले भन्सार छली गरि ल्याइएको १६९ थान मोबाईल सहित १ जनालाइ पक्राउ गरेको छ ।

रामेछाप जिल्ला लिखु गाविस वडा नं ६ घर भई हाल काठमाडौ महानगरपालिका ७ गौरीघाट संगमचोक बस्ने वर्ष २६ को मिलन श्रेष्ठलाई १६९ थान मोबाईल सहित गौशाला प्रहरीले नियन्त्रणमा लिएको हो ।

मिलन श्रेष्ठ डेरामा अवैध रुपमा भन्सार छली ल्याएका बिभिन्न ब्रान्डका मोवाईलहरुलुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेत सहितको टोलीले घटनामा सङ्लग्न मिलन श्रेष्ठको कोठा खानतलासी गर्दा विभिन्न ब्रान्डका १६७ थान मोवाईल वरामद गरिएको हो ।

प्रहरिले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्