प्रतिनिधि सभा बैठक आगामी मंगलबार सम्मका लागि स्थगित भएको छ ।
बुधबार केही बेर बसेको बैठक निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गरेर सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते दिउँसाे १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
शोक प्रस्ताव पारित हुनेमा पूर्व सांसदहरू सानु शिवा, सूर्यबहादुर केसीसँगै संविधान सभाका सदस्य रहेका मानपुर चौधरी र भीमप्रसाद गौतमको शोक प्रस्ताव पारित गरिएको छ । त्यस्तै पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, डा. राममान श्रेष्ठ, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बु, कमानसिंह लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा र डा। शंकरप्रसाद उप्रेतीको शोक प्रस्ताव पनि पारित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आजकाे बैठक सुरु नहुँदै बाहिरिएका थिए । यसअघि पनि फागुन २३ गते बसेको बैठक सुरु नहुँदै प्रधानमन्त्री ओली बाहिरिएका थिए ।