• २२ फाल्गुन २०८२, शुक्रबार

ककनीमा लघु उद्यम विकास कार्यक्रमको तालिमहरु सञ्चालन

ककनी गाउँपालिकाले गरिबी निवारणको लागी बिभिन्न तालिमहरु सञ्चालन गरेको छ । गाँउपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर १,२ र ३ मा ५ दिने च्याउको बीउ तथा च्याउ खेती सम्बन्धी तालिम दिएको छ ।

त्यस्तै ७ दिने गुडिया बनाउने,पशु विकास तथा पशु स्वास्थ्य सम्बन्धी र मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिएको छ ।
तालिमको समापन गर्दै गाँउपालिकाका उपाध्यक्ष सिता लामा खतिवडाले आफुले सिकेको सिपलाई अक्षरंस पालनागरी आयआर्जनमा बृद्धि गराउनको लागी तालिममा सहभागिहरुलाई आग्रह गर्नुभएको छ ।

उपाध्यक्ष खतिवडाले उद्यम व्यवसाय सीप विकास गराई व्यबहारमा लागु गरी प्रभावकारी बनाउन र महिलाहरुको आयस्तरमा वृद्धि  गराई उनीहरुलाई अगाडि बढ्नको लागी उत्प्रेरित गर्ने तालिमको उदेश्य रहेको बताउनुभएको छ
कार्यक्रममा ककनी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रबहादुर नेपालले सिकेका कुरालाई ब्यबसायिक रुपमा प्रयोग गरी आर्थिक उपार्जनमा लाग्नको लागी तालिममा सहभागीहरुलाई सल्लाह दिनुभएको छ । 
आगामी दिनहरुमा पनि गाँउपालिकाको आर्थिक बिकास, युवाहरुको लागी रोजगारको कार्यक्रम र महिलाहरुको लागी जिवनउपयोगी कार्यक्रमको लागी पहल जारी रहेको प्रमुख प्रशासकिय अधिकृत नेपालले बताउनुभएको छ ।

उक्त तालिममा प्रशिक्षकहरु कमला सुवेदीले गुडिया तथा कुसन बनाउन सहजकिरण गर्नुभएको थियो । साथै, पशुपालन सम्बन्धि प्रशिक्षणमा बाबुकाजी पाण्डे, च्याउ खेतिमा गिता श्रेष्ठ, मौसमी तथा बेमौसमी तरकारी खेतिको बारेमा कृषि शाखाका प्रमुख सम्भु सिलवाल र प्राबिधिक सम्भु प्रसाद राइले सहजकिरण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायतकाको सहभागिता रहेको थियो । 





प्रतिक्रिया दिनुहोस्