
नुवाकोट — होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन तारुक प्रहरी व्यवस्थापनमा कडाइ गरेको छ ।
प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आइतबार बिहानैदेखि सवारी चेकिङलाई कडाइ गरेको हो । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका सवारी चालकलाई कारबाही गरिएको बताएको छ ।