• ६ असार २०८३, शनिबार

नुवाकोटसहित देशका विभिन्न ठाउँमा वायु-प्रदूषण सतर्क रहन आग्रह

नुवाकोटसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि उच्च रहेकाे छ । केही दिनदेखि जारी प्रदूषणले घाम समेत लागेकाे छैन भने वायुकाे गुणस्तर खतराकाे तहमा रहेकाे छ ।

वन तथा वातावरण मन्त्रालय अन्तरगतकाे वातावरण विभागका अनुसार हाल नेपाल वायु प्रदूषणमा हानिकारक अर्थात् खतरापूर्ण अवस्थामा छ । यस अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने विभागले जनाएको छ । शुक्रबार विश्वकै सबैभन्दा धेरैे प्रदूषित शहरकाे रूपमा काठमाडाैँ अगाडि देखिएकाे थियाे । याे क्रम शनिबार पनि दाेहाेरियाे । अझै केही दिन यस्तै अवस्था रहेर क्रमश मौसम पहिलेकै अवस्थामा फर्कन समय लाग्ने विभागले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्