• २२ भाद्र २०८१, शनिबार

औषधिबिज्ञानको बैकल्पिक उपचार पद्धतीलई राज्यले प्राथमिकतामा राख्नुपर्छ’ : पुर्वमन्त्री डा. लामा

नेकपा (माओबादी केन्द्र) का नेता तथा पुर्वमन्त्री डाक्टर ल्ह्यारकल लामाले औषधिबिज्ञानको बैकल्पिक उपचार पद्धती (अपिथेरापी) लाई राज्यले पहिलो प्राथमिकतामा राखेर जनजिवन सहज बनाउनु पर्ने बताएका छन् ।

आज काठमाण्डौको गोकर्ण रिसोर्टमा आयोजित तेश्रो अन्तराष्ट्रिय सम्मेलनमा बोल्दै पुर्व मन्त्री लामाले भने, ज्ञान, थेरापी र बुद्धदर्शन मानब जिवनमा अति महत्वपुर्ण रहेको हुन्छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथी एमालेका बरीष्ठ नेता झलनाथ खनाल थिए भने स्वास्थ्य विज्ञहरुको पनि उपस्थिती रहेको थियो । नेता खनालले पनि आर्युबेद विज्ञानको भुमिका महत्वपुर्ण रहेको बताएका थिए ।





प्रतिक्रिया दिनुहोस्