नेपाली कांग्रेस नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा पदमराज पौडेल सँगै सदस्यमा लिखुका रामेश्वर ढकाल मनोनित
नुवाकोट २२, चैत । नेपाली कांग्रेस नुवाकोटको नुवाकोट- काठमाडौं सम्पर्क मञ्चको भेला शनिबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत,जगदीश नर्सिङ केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो। शनिबारको उक्त भेलाले नुवाकोट-काठमाडौं सम्पर्क समितिको गठन गरेको छ । भेलाले नुवाकोट-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा पदमराज पौडेललाई मनोनित गरेको हो । साथै सम्पर्क समितिको सदस्यमा नुवाकोट लिखु गाउँपालिकाका नेपाली कांग्रेसका युवा नेता रामेश्वर ढकाल मनोनित भएका छन । ढकाल नेपाली कांग्रेस नुवाकोटका एक सक्रिय युवा नेता हुन । नुवाकोटबाट काठमाडौं आएर बस्ने हरेक व्यवसायमा आबद्ध तथा श्रमजीवि नागरिकहरुलाई नेपाली कांग्रेसको संगठनमा आबद्ध गराउने र उनिहरूको समस्याको समेत समाधानमा मद्दत गर्ने समितिका सदस्य ढकालले बताएका छन् ।