• ३ चैत्र २०८१, सोमबार

विदुर नगरपालिका र किस्पाङ्ग गाउपालिका सेमिफाइनल प्रवेश ,वेलकाेटगढि प्रतियोगिता वाट बाहिरियो ।

तस्बिर :बिदुर नगरपालिकाका खेलाडिहरु

नुवाकोट -शिवपुरिमा जारि प्रथम अध्यक्ष कप फुटवल प्रतियाेगितामा विदुर नगरपालिकाकाे टिम विजयि भएकाे छ।
शिवपुरि गाउँपालिका स्थित सहिद स्मृति रङ्गशालामा जारि प्रतियाेगितामा मेगाङ्ग गाउँ पालिकालाई ३-२ गाेल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेकाे छ।आज सम्पन्न प्रतियाेगितामा विदुरकाे तर्फवाट आकास रानामगर,विकास थापामगर ,विकास लामिछाने ले १/१ गाेल गरेका थिए।
त्यस्तै, विहान सम्पन्न पहिलाे क्वाटरफाईनल खेलमा वेलकाेटगढि नगरपालिका र किस्पाङ गाउँपालिका विचकाे खेलमा वेलकाेटगढि विजयी भएतापनि वेलकाेटगढिले नियमावली विपरित पालिका बाहिरकाे खेलाडि खेलाएकाे भनी किस्पाङ्ग गाउँपालिकाले उजुरि गरेपछि वेलकाेटगढिले प्रमाण पुराउन नसकेपछि वेलकाेटगढिलाई निस्कासित गरि किस्पाङ्लाई विजय घाेषित गरिएकाे आयाेजकले जानकारि दिएकाे हाे।

तस्बिर : किस्पाङ्ग गाउपालिकाका खेलाडिहरु

भाेलि हुने सेमिफाईनल खेलमा विदुर नगरपालिका र किस्पाङ गाउँपालिका तथा सुर्यगढि गाउँपालिका र शिवपुरि गाउपालिका विच हुनेछ।
बिजयी टिमलाई नगद रु, छ लाख पुरस्कार राशि रहेकाे प्रतियाेगिताकाे फाईनल खेल चैत्र २५ गते हुनेछ।





प्रतिक्रिया दिनुहोस्