
भिमफेदी गाउँपालिका वडा नं.२ भैसे तथा कुलेखानी फर्पिङ–सिस्नेरी मार्गमा बाटो विस्तार संगसंगै दुर्घटना न्युनीकरण गर्न पर्खाल निर्माण गर्दै स्थानीय मजदूरहरु । पर्खालको उचाई ७ मिटर र बेस साढे ३ मिटर रहेको छ । कुलेखानी सिस्नेरी फर्पिङ बाटो हुँदै छोटो समयमा काठमाडौं पुग्न यो मार्गको प्रयोग गरिएको छ । आजैबाट भौतिक तथा यातायात पूर्वाधार कार्यालयले फाखेल हुँदै काठमाडौं जाने मार्गमा केही स्ल्याप र ढलान गर्नुपर्ने भएकोले कुलेखानी हेबी, फाखेल हुँदै काठमाडौं आवातजावात गर्न रोक लगाइएको छ भने कुलेखानी–सिस्नेरी– दक्षिणकाली हुँदै आवातजावत गर्न सकिने कार्यालयले जनाएको छ ।