• २ श्रावण २०८३, शनिबार

बट्टारमा रहेको भिमसेन माध्यामिक विद्यालयको एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नुवाकोटको विदुर नगरपालिकाको केही विद्यालयका शिक्षकहरुमा कोरोना पुष्टि भएको छ ।जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको स्थिति बढेसँगै विद्यालयको शिक्षकमा पनि कोभिड १९ देखिएको हो ।

विदुर नगरपालिकाको वडा नं एक को विद्यालय तथा त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, भिमसेन माध्यमिक विद्यालय लगायतका विद्यालयका विद्यार्थी एवं शिक्षकहरुलाई कोरोना सङ्क्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटकाले बताए ।

दुई जना शिक्षक र एक विद्ययार्थीमा संक्रमण पुष्टि भएको हो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रदेश अस्पताल त्रिशुलीमा उपचार भइरहेको बताए

विद्यालयको शिक्षकमा कोरोना पुष्टि भएसँगै अभिभावकहरु आत्तिएका छन् । विदुर नगरपालिकाले अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन । विदुर नगरपालिकामा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा हिजो नै छलफल भईसकेको र आज पनि छलफल गरेर निर्णय गरिने जनस्वास्थ्य कार्यालय नुवाकोटका उत्तम खनालले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्