• २२ भाद्र २०८१, शनिबार

नुवाकोटमा नेकपा एमाले खतिवडा र मैनाली पक्ष बिच विवाद

नुवाकोट ९, वैशाख । नुवाकोटमा नेकपा एमालेको दुई पक्ष बिचमा विवाद भएको हो । नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायण खतिवडा र नेकपा एमाले अधिवेशन आयोजक कमिटी नुवाकोटका अध्यक्ष बद्री मैनाली पक्ष विच बिहीवार विवाद भएको छ । नेकपा एमाले पार्टी कार्यालयमा पार्टी अध्यक्ष खतिवडाले जिल्ला कमिटीका पदधिकारी सहित बैठक बोलाएर बस्न लागेको तर पार्टी कार्यालयको ढोकामा अधिवेशन आयोजक कमिटी अध्यक्ष मैनाली पक्षले ताला नखोलेपछि खतिवडा पक्षले ताला फुटाएर बैठक बसेको जानकारी प्राप्त भएको छ। उता पार्टी अध्यक्ष खतिवडा पक्षले भने साँचो नदिएपछि ताल्चा फोर्न बाध्य भएको बताएको छ ।

नेकपा एमाले जिल्ला अध्यक्ष नारायण खतिवडाको अध्यक्षतामा विहिबार सम्पन्न बैठकमा ६५ जना जिल्ला कमिटीका पदाधिकारी संख्यामा ४५ जनाको उपस्थिति रहेको थियो । विहिबारको बैठकको उपस्थितलाई हेर्दा नेकपा एमाले नुवाकोटको बहुमत पक्ष खतिवडा सँग नै रहेको समेत देखिन्छ । आजको बैठकमा नुवाकोटको ८८ वटै नेकपा एमालेको संगठन विस्तार गरेर पार्टीलाई पहिलेकै अवस्थामा पुर्याउने छलफल भएको एमाले स्रोतले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्