
नुवाकोटको लिखु गाउँपालिकाको वडा नं २ मा पर्ने चर्चित केउरेनी चौतरा डढेलोले एउटा मुढामा परिणत भएको छ ।
केउरेनी चौतरा लिखु गाउँपालिका र विदुर नगरपालिकाको सिमानाको रुपमा रहेको थियो ।
नुवाकोटको भैरबी माध्यमिक विद्यालय तथा नुवाकोट दरबार जाने र बिदुर ,नुवाकोट ,फलाटे,चोकदे ,लच्याङ हुदै उर्लेनी जाने मोटर बाटोमा पर्ने केउरेनी चौतरा अहिले एउटा कालो मुढोको अवस्थामा रहेको छ ।
पुरानो इतिहास बोकेको चौतारा यस्तो अवस्थामा देखेर स्थानीयले दुस्ख व्यक्त गरेका छन् । ठुलो आकर्षक र चर्चित चौतारामा दैनिक सयौँको संख्यामा मानिसहरू आराम गर्ने बस्ने गरेको स्थानीय बृद्धहरु बताउँछन् ।
उक्त स्थानमा अर्को चौतारा रोपेर यस ठाउँको एतिहासिक महत्वलाई निरन्तर दिनुपर्ने तामाङले बताए।